मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक पनि मर्जरमा जानुपर्ने बताएका छन्।
काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनवटा सरकारी वाणिज्य बैंकहरू पनि मर्ज हुनुपर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंक पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए।
उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा नखोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंक पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए।
सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताए। गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकले अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको अधिकारीले बताए।
उनले सरकारी बैंकले अहिलेको व्यावसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताए। आवश्यकतालाई सरकारी बैंकहरूले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरूबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने उनले बताए ।
गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतीपूर्ण व्यवसाय भएको बताए। उनले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताए। उनले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
