समितिलाई १५ दिनको समय दिइएको छ। सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ।
काठमाडौँ– संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो। बैठकमा सांसद देवेन्द्र पौडेलले समितिमा रहने सांसदको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थिए। सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले प्रस्तावको समर्थन गरे। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो।
समितिका सदस्यमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहेका छन्। त्यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा छन्। समितिलाई १५ दिनको समय दिइएको छ।
सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँले व्यवस्थित गर्न सक्नेछ। समितिका सदस्यले आफूमध्येबाट सभापति चयन गर्नेछन्। समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्नेछ।
यसैबीच प्रतिनिधिसभाका सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखको अनुपस्थितिमा कृष्णगोपाल श्रेष्ठ र उपाध्यक्षको अनुपस्थितिमा विमला सुवेदीले बैठक सञ्चालन गर्नेसमेत सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
