यती एयरलाइन्सका अनुसार सोमबारसम्म ७० शवको पोस्टमार्टम भइसकेको छ। तीमध्ये ६० शव पोखरा र काठमाडौँबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ– कास्कीको पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ शवको सनाखत हुन बाँकी रहेको छ भने अझै दुई जना हराइरहेका छन्।
माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ विमान पोखरा विमानस्थलनजिकै दुर्घटनामा परेको थियो। सेती नदीको खोँचमा दुर्घटनाग्रस्त सो विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार रहेका थिए।
यती एयरलाइन्सका अनुसार सोमबारसम्म ७० शवको पोस्टमार्टम भइसकेको छ। तीमध्ये ६० शव पोखरा र काठमाडौँबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। फोरेन्सिक मेडिसिन विभाग महाराजगन्जका अनुसार सनाखत भएका चार शव हस्तान्तरण गर्न बाँकी छ। ६ वटा शवको भने अझै सनाखत भइरहेको छैन। ती शवको सनाखत गरी हस्तान्तरणको प्रक्रियामा रहेको यती एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विमान दुर्घटनामा हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ। "हराइरहेका २ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएको मानव अंगको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको बेहोरा अवगत गराउँदछौँ", यती एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विमान माघ १ गते काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि १०ः३२ बजे उडेको थियो। करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
