नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठकले राष्ट्रपतिको ५ बर्से कार्यकाल पूरा भएकै दिन नयाँ राष्ट्रपति पद बहाली हुने गरी निर्वाचनको तयारी थालिनुपर्ने माग निर्वाचन आयोग र सरकार समक्ष गरेको छ।
काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानूनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति बहाली हुनेगरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो।
संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभास देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुनेगरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए। उनले भने, “राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउन सम्पूर्ण तागत लगाउने, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड हो।”
बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेतालाई सचेत गराएका थिए।
राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताए। नेपाली कांग्रेसले सत्तारूढ नेकपा (माओवादी केन्द्र)को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
