नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसमा स्मरण शक्ति कमजोर भइरहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताएका हुन्।
उनले प्रविधिको उपलब्धताले मानिसमा परनिर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले दिमागको वास्तविक श्रोत भनेको मानिसका इन्द्रिय नै भएकाले मोर्डन साइन्स एन्ड टेक्नोलोजीको प्रयोग गरेर त्यसलाई जीवनपद्धतिका रूपमा विकास गर्न आवश्यक रहेको बताए।
"प्रविधिको उपलब्धताले परनिर्भरता बढ्दै छ। तर, नलेजको ओर्जिनल स्रोत मानवका इन्द्रिय नै हुन्। मोर्डन साइन्स एन्ड टेक्नोलोजीको प्रयोग गरौँ, अत्यधिक रूपमा तर उपचार पद्धति मात्रै होइन जीवनपद्धतिकै रूपमा प्रयोग गरौँ", उनले भने।
अध्यक्ष ओलीले आयुर्वेदले मरेपछि स्वर्ग पुर्याउने, पुनर्जन्म गराउने ठेक्का लिने नभई जन्म वा भ्रूण अवस्थादेखि जीवनभरका लागि कसरी स्वस्थ, निरोगी भएर बाच्ने भन्ने कुरा सिकाउने बताए।
उनले अरू देशको तुलनामा औपनिवेशिक समयदेखि नेपालपछि परे पनि अब बढ्ने समय आइरहेको बताए। उनले नेपालको इतिहास गौरवपूर्ण रहेको भन्दै इतिहासप्रति गर्व गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
