अमेरिकाको क्यालिफोर्नियास्थित एक डान्स स्टुडियोमा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित मोन्टरे पार्कको बलरुम डान्स स्टुडियोमा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ।
गोली लागी अन्य १० जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई विभिन्न स्थानीय अस्पताल भर्ना गरिएको लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्र्यु मेयरको भनाइ छ।
स्थानीय समयानुसार शनिबार राती १० बजेर २० मिनेट जाँदा मानिसहरूमाथि अन्धाधुन्ध गोली चलेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एक प्रत्यक्षदर्शीले गोली प्रहार गर्ने व्यक्ति पुरुष रहेको बताए। सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
त्यस क्षेत्रमा केही समयअघि लुनार नयाँ वर्ष मनाउनका लागि हजारौँ मानिस भेला भएको बताइएको छ। किन गोली प्रहार भयो भन्ने कुरा खुलिसकेको छैन।
घटनास्थल चर्चित शहर लस एन्जलसदेखि १३ किलोमिटर पूर्वमा पर्छ। मोन्टरे पार्कमा ६० हजार बासिन्दा बसोबास गर्छन्। जसमा अधिकांश एसियाली समुदायका मानिस रहेको बताइएको छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
