तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार सोनाम ल्होछार मनाउने गर्छन्।
काठमाडौँ– तामाङ समुदायले आइतबार सोनाम ल्होछार मनाउँदै छन्।
सोनाम ल्होछारका अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको छ। दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल तामाङ घेदुङले जनाएको छ।
सो अवसरमा तामाङ समुदायको संस्कृति झल्कने खानाका परिकार, भेषभूषा, हस्तकलासहित नृत्य प्रस्तुत गरिने घेदुङका कार्यवाहक महासचिव जगतमान लामा तामाङले बताए। सोनाम ल्होछार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्छन्।
मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
