इन्दिरा रानामगरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने विपक्षमा ९७ मत परेको थियो।
काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन्।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारूढ दलहरूको साझा उम्मेदवार रहेकी रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
उनलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत प्राप्त भएको थियो भने उनका प्रतिस्पर्धी मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरिन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बहाल रहेका सांसदहरूको बहुमत प्राप्त गरेकाले रानामगर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे।
रास्वपा सांसद सोविता गौतमले रानामगरलाई प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्। उनलाई नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए।
उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला थिए।
यसअघि माघ ५ गते सत्तारूढ दलहरूकै समर्थनमा एमाले सांसद घिमिरे सभामुखमा निर्वाचित भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
