प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए।
काठमाडौँ- प्रतिनिधिसभाको सभामुखमा विजयी भएका देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी घिमिरेबाट सपथ लिएका छन्।
प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए। विपक्षमा १०० मत परेको थियो भने एक जना सांसदले कसैलाई पनि मत दिएका थिएनन्।

सभामुखका लागि नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। तर घिमिरेको पक्षमा बहुमत पुगेपछि प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका पशुपतिशमशेर जबराले न्यौपानेलाई सभामुख निर्वाचित गर्ने प्रस्ताव पेश गर्नु नपर्ने सदनलाई जानकारी गराएका थिए।
सपथपछि उनी लैनचौर गएर शहीदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। मध्यान्ह साढे १२ बजे पदबहाली गर्नेछन्। दिउँसो ३ बजे माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य जानकारी लिन सुमेरु अस्पताल जाने कार्यक्रम पनि छ।
यो पनि: ४५ वर्षदेखि कम्युनिष्ट पार्टीमा, ओलीको विश्वासले जुर्यो अवसर
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
