कमेडीयन अपूर्व क्षितिजले मुद्दा जितेरै छाड्ने बताएका छन्। नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ- कमेडीयन अपूर्व क्षितिजले आफूविरुद्धको मुद्दा जितेरै छोड्ने बताएका छन्। बिहीबार साढे दुई लाख धरौटीमा छुटेका कमेडीयन क्षितिजले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘नजीर’ बस्न नदिन आफूविरुद्धको मुद्दा जसरी पनि जितेरै छाड्ने बताएका छन्।
उनले कमेडी गरेको भरमा कमेडीयनले मुद्दा खेप्नु परेको यो घटना नेपालकै पहिलो भएको उल्लेख गरेका छन्। यो मुद्दामा अब के हुन्छ भन्ने थाहा नभएको पनि उनको भनाइ छ। उनले किन मान्छे देश छोडेर विदेश जान्छ भन्ने कुरा बल्ल बुझे उल्लेख गरेका छन्। तर, आफू विदेश नजाने, जसरी पनि मुद्दा जित्नतिर लाग्ने उनको भनाइ छ।
उनले भनेका छन्, “यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ, कसैले केही बोल्न पाउँदैन। मान्छे किन देश छोडेर विदेश जान्छ भन्ने नि मैले अहिले बुझ्दै छु। तर, म जान्न, यो मुद्दा म जितेरै छाड्छु। सिए पढेको मान्छे हो, ‘गिभ अप’ गर्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन, हामी सबै नेपालीको ‘वाक स्वतन्त्रता’को लागि हो।”
नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा अपूर्वविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँले साढे दुई लाख धरौटीमा छोड्न आदेश दिएको छ।
युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’मा नेवा समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै प्रहरीले उनलाई भदौ १२ पक्राउ गरेको थियो। कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले उनलाई १२ दिन हिरासतमा राखेर हाजिर जमानीमा छोडेको थियो। त्यसपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार अदालतमा पेश गरेको थियो। बुधबार मुद्दा हेर्न नभ्याइनेमा परेपछि बिहीबार थुनछेक बहस भएको थियो। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो।
उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो। अभियोगपत्रमा पाँच वर्षसम्म कैद र कानूनअनुसार क्षतिपूर्ति तिराउन माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
