गएको नोभेम्बरमा एलन मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। तर यो लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँग सम्बन्धित नरहेको बताइएको छ।
माइक्रो ब्लगिङ साइट ट्विटरको चराको लोगो भएको मूर्ति एक लाख डलरमा बिक्री भएको छ। अमेरिकाको सान फान्सिस्कोस्थित ट्विटरको मुख्यालयका सयौँ सामग्री लिलामीमा राखिएको थियो। जसमा चरा आकारको चर्चित मूर्ति सबैभन्दा बढी रकम एक लाख डलरमा बिक्री भएको हो।
लिलामीको जिम्मा पाएको हेरिटेज ग्लोबल पार्टनरले लिलामीको अन्तिम नतिजा सार्वजनिक गरेको छैन। तर धेरै सामग्रीको रकमबारे जानकारी लिएको बीबीसीको दाबी छ। ट्विटरका कतिपय सामग्री खुद्रा किन्दाभन्दा पनि बढी मूल्यमा लिलामीमा राखिएको अनलाइनमार्फत हेरिरहेका दर्शकले बताएको बीबीसीले उल्लेख गरेको छ।
'एट द रेट'को चिन्हको आकार भएको मूर्ति १५ हजार डलरमा बिक्री भएको छ। यस्तै, ट्विटरको बैठक कोठामा रहेको टेबल १० हजार ५०० डलर, कपी मेसिन १३ हजार ५०० र एक सभा कक्षको स्पिकर ३०० डलरमा बिक्री भएका छन्।
गत वर्ष ४४ अर्ब डलरमा ट्विटर खरिद गरी नयाँ मालिक बनेका एलन मस्कले ट्विटरमा खर्च कटौती गर्न भन्दै ती सामग्री लिलामीमा राखेको बताइएको छ। उनले अक्टोबरयता ट्विटरका ७ हजार ५०० कर्मचारी कटौती गरिसकेका छन्। यति मात्र होइन, मस्कले ट्विटरका कर्मचारीले पाउने निःशुल्क खानाको सुविधासमेत हटाएका छन्।
विज्ञापनदाताहरूले छाडेका कारण ट्विटरको आय ज्यादै न्यून भएको भन्दै मस्कले गत नोभेम्बरमा ट्विटसमेत गरेका थिए। साथै, मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। विश्वभरका ट्विवटर कार्यालयहरूलाई घर भाडा तिर्न धौधौ परेका खबरसमेत बाहिरिएका छन्।
सान फ्रान्सिस्कोस्थित मुख्यालयले समेत भाडा तिर्न नसकेपछि मालिकले मुद्दा चलाएको बीबीसीले उल्लेख गरेको छ। यता, लिलामीको प्रशासनिक पाटोको जिम्मा पाएको हेरिटेज ग्लोबल पार्टनरका प्रतिनिधि निक डोभले फर्चुन म्यागजिनसँगको कुराकानीमा अहिलेको लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँगसम्बन्धित नरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
