राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ।

संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा नियुक्त गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

जुम्लाबाट निर्वाचित शाही मन्त्री बन्न चाहिरहेका थिए। तर, उनलाई पार्टीले प्रमुख सचेतकको जिम्मेवारी दिएको हो।