आँखासम्बन्धी ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड दिने घोषणा भएको छ। उनले अवार्डसँगै १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउने छन्।
काठमाडौँ– आँखासम्बन्धी ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन्। उक्त अवार्डसहित डा. रुइतले १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउने छन्।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको यो अवार्ड मानवीय सेवामा लाग्ने व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिन्छ। अवार्डका लागि प्रकोप सुरक्षा र उद्धार, शिक्षा, मानवीय सेवाजस्ता ११ क्षेत्रमा काम गर्नेमध्येबाट अवार्ड विजेता छनोट गरिने खाडी मुलुकका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यसपटक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोषसहित १३९ व्यक्ति तथा संस्था अवार्डको मनोनयनमा परेका थिए। तर, मंगलबार भएको पत्रकार सम्मेलनमा बहराइनका राजा तथा बोर्ड अफ ट्रस्टिजका विशेष प्रतिनिधि सेख मोहम्मद बिन मुबारक अल खलिफाले डा.रुइतलाई अवार्ड दिइएको घोषणा गरेको बहराइन न्यूज एजेन्सीलाई उधृत गर्दै अन्य सञ्चारमाध्यमले जनाएका छन्।
डा.रुइतले एक लाख ८० हजार मान्छेको आँखाको ज्योति फर्काउन भूमिका खेलेका कारण उनलाई अवार्ड दिइएको खलिफाले बताएका छन्। रुइतले न्यून मूल्यमा आँखाको शल्यक्रिया गर्ने प्रविधि प्रयोग नगरेको भए धेरै मानिस अन्धकारमै बस्नुपर्ने उनले उल्लेख गरेका छन्।
डा.रुइत दुर्गम गाउँ ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका हुन्। उनको गाउँमा त्यतिबेला विद्यालय थिएन। उनले दार्जिलिङमा विद्यालय शिक्षा हासिल गरेका थिए।
उनको आत्मकथा ‘सन्दुक रुइत’ प्रकाशित छ। यो पुस्तक अंग्रेजीमा अष्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेकी हुन्। नेपालीमा भने खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
