आफूमा आएको परिवर्तन, नकारात्मक भाव र शारीरिक समस्यालाई लुकाएर बस्नुको साट्टा स्वास्थ्य परीक्षण गर्नु उचित हुन्छ। स्वास्थ्य जीवनशैली र चिकित्सकको परामर्शमा रहेर आफ्नो ध्यान दिनुपर्छ।
१. समाजबाट टाढा रहनु
सामाजिक क्रियाकलापमा सहभागी नहुनु, सामाजिक सम्बन्ध र मानिसको सम्पर्कबाट टाढा रहनुजस्ता कारण पनि मानसिक स्वास्थ्य समस्याको लक्षण हो। समाजबाट दूरी बढाउँदा र आफूलाई एकोहोरो बनाउँदा पनि यो समस्या देखिन सक्छ।
२. काममा सुस्तता हुनु
चिन्ताका कारण पनि मानिसमा आफू काममा निपुण छैन भन्ने भाव आउने र डर पैदा हुने हुन्छ। यसले मानिसको कार्यक्षमतालाई घटाउनुका साथै आफूलाई कामका लागि योग्य नभएको महसुस हुनसक्छ।
३. खानामा अरुचि हुनु
मानसिक स्वास्थ्यमा असन्तुलन हुँदा सबैभन्दा पहिले कुनै पनि कुरामा अरुचि बढ्ने र पाचन प्रणालीसँग सम्बन्धित जटिलता देखा पर्छन्। विशेष गरी खाना नरुच्ने, लामो समयसम्म भोक नलाग्नेजस्ता लक्षण पनि मानसिक स्वास्थ्यसँग नै जोडिएका हुन्छन्।
४. तौलमा घटबढ हुनु
डिप्रेसन र चिन्ताका कारण खाना असन्तुलित हुँदा तौल बढ्ने र घट्ने हुनसक्छ। जसले गर्दा जटिल स्वास्थ्य समस्या पनि देखा पर्न सक्छन्।
६. जति बेला पनि समस्यामा परेको अनुभव गर्नुहुन्छ?
कुनै मानिस जीवनमा आइपर्ने समस्यालाई सजिलै समाधान गरी अघि बढ्न सक्छन् भने कसैले यसलाई बोझ र समाधान गर्न नसकिने गरी जटिल बनाउने र आफैँलाई कठिन परिस्थितिमा उभ्याउने खालका हुन्छन्। तर, सामान्य समस्यालाई पनि सामना गर्न नसक्ने र कमजोर महसुस हुन थाले कहिलेकाहीँ यो मानसिक स्वास्थ्य समस्याको कारक पनि बन्न सक्छ। खराब र नकारात्मक घटना बारम्बार याद गरी दुःखी बन्ने गरिरहनुभएको छ भने मदतका लागि बाहिर निस्किनु आवश्यक छ।
७. हरेक कुरामा आफैँलाई दोषी देख्नु
मानसिक स्वास्थ्य समस्या हुँदा आत्म विश्वासको स्तर खस्किने गर्छ। लामो समयसम्म यो समस्या देखिएमा व्यक्तिले आफ्नो क्षमतामाथि प्रश्न उठाउने र सबै गल्ती र दोष आफैँलाई दिन थाल्छ। यस्तो महसुस भए मानसिक स्वास्थ्य जाँच गराउन ढिला गर्नुहुँदैन।
८. अत्यधिक डर र चिन्ता
मानिसको डर, चिन्ता र तनावलाई सामान्य रूपमा लिइन्छ। तर, यसले बिस्तारै व्यक्तिको सकारात्मक स्वभावलाई कमजोर पारि बढी चिन्तित हुने र आवश्यकताभन्दा बढी डराउने बानीको विकास गराउँछ। यो पनि हाम्रो स्वास्थ्यसँग उत्तिकै जोडिएको हुन्छ। सानो सानो कुरामा चिन्ता गर्ने अत्तालिने लक्षण पनि देखिन थाल्छन्।
९. एकाग्रह हुन नसक्नु
मानसिक समस्याले मानिसमा पढ्ने, लेख्ने र खेल्नेजस्ता दैनिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्ने क्षमतामा ह्रास आउँछ। घरको सरसामान कहाँ राखेको बिर्सने, बिजुलीको बिल तिरे/नतिरेको बिर्सने, मोबाइल, पर्स हराएकोजस्तो लाग्ने र अन्य साधारण कुराहरू पनि बिर्सेजस्तो हुनसक्छ। साथै, धेरै रिस उठ्ने झर्को लाग्ने पनि मानसिक समस्याका लक्षण हुन्।
१०. थकान महसुस हुने
मानसिक समस्या हुँदा व्यक्तिले चाँडै नै थकान महसुस गर्ने, दैनिक गतिविधिमा पनि धेरै थकित हुने र बढी तनाव लिनेजस्ता लक्षण देखा पर्छन्। लगातार दिक्दारी महसुस हुनु यसको सबैभन्दा गम्भीर लक्षण हो।
तपाईंले यी संकेतहरूलाई किन बेवास्ता गर्दै हुनुहुन्छ?
मानसिक स्वास्थ्य समस्याका कारण शरीर दुर्बल हुने र स्वास्थ्यसम्बन्धी जटिलता देखा पर्छन्। यसले अस्थायी समस्या निम्त्याउनुका साथै दीर्घकालसम्म पनि असर पुर्याउन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य समस्या समयमै पहिचान गरी उचित सल्लाह र स्वास्थ्य परीक्षण सके समस्याको समाधान गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
