सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्।

काठमाडौँ- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् । 

मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्। 

उनले सार्वजनिक संघ, संस्थानलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्। 

सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गर्दै उनले जनतामा सूचना, सञ्चार र प्रविधिको  सहज पहुँच पुर्‍याउने आफ्नो प्राथमिकता हुने बताइन्।