आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भू-भागमामा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईका क्षेत्रका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

बिहानीपख हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार र बुधबार आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने तर बिहीबार सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। त्यो दिन उच्च पहाडी तथा हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।