राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी पत्नी डा. सोना दिवाकर र बच्चासमेत विमान दुर्घटनामा परेका छन्।
काठमाडौँ– आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा एक डाक्टर दम्पती पनि सवार रहेको पुष्टि भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी पत्नी डा. सोना दिवाकर र बच्चासमेत विमान दुर्घटनामा परेको पुष्टि भएको छ।
डा. श्रेष्ठ अस्पतालबाट बिदा लिएर हिँडेका थिए। ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासीनीले श्रेष्ठ दम्पती पनि विमान दुर्घटनामा परेको पुष्टि भएको जानकारी दिए। “उहाँको फोन पनि अफ छ। पारिवारिक रूपमा बुझ्दा पनि दुर्घटनामा परेको पुष्टि भएको छ”, उनले भने, “उहाँ यही अस्पतालमा कार्यरत हुनुहुन्थ्यो।”
मरासीनीका अनुसार श्रेष्ठकी श्रीमती पनि चिकित्सक नै हुन्। दिवाकर नेपाल सरकारको अध्ययन बिदामा रहेकी थिइन्। मरासीनीका अनुसार दिवाकरले पनि केहीदिन अघि मात्रै एमडी अध्ययनका लागि नाम निकालेका थिए। बच्चालाई लिएर उनीहरू दुवै आइतबार बिहान पोखरास्थित घर हिँडेका थिए। तर, यति एयरलाइन्सको विमान पोखरामा अवतरण नहुँदै दुर्घटना हुन पुगेको थियो।
श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए।
दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
