पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल डेमो उडान गर्ने जहाज नै दुर्घटनामा

दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले गत पुष ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक डेमो उडान गरेको थियो।

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गर्ने यती एयरलाइन्सको ९ एन– एएनसी विमान दुर्घटनामा परेको छ। 

आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको उक्त विमानले गत पुष ७ गते पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सफल अवतरण गरेको थियो। 

उक्त दिन यती र बुद्ध एयरको एटीआर–७२ विमानले डेमो उडान भरेका थिए।

डेमो उडानको सफलतापछि यतीले एयरलाइन्सले प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको र आवश्यक सम्पूर्ण यन्त्र उपकरण जडान भएको विमानस्थलबाट आगामी दिनमा सेवा दिन पाउनु सबै वायुसेवाका लागि खुशीको कुरा भएको उल्लेख गरेको थियो।