गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
कास्की– गण्डकी प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। उनी ३२ मत पाएर प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्।
गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो। प्रतिपक्षी दल कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनले २६ मत प्राप्त गरिन्।
सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए। एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहे।
सभामुखमा निर्वाचित भएका धिताल मंसिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन्।
सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो। सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन्।
प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
