नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरण गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
शुक्रबार नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताए। प्रधानमन्त्रीले हस्तकला नेपालको मौलिक क्षेत्र भएकाले यसलाई थप विस्तार र आर्थिक विकासका लागि सहजीकरण गर्ने उनको भनाइ थियो।
“हस्तकला क्षेत्र नेपालका लागि अर्ग्यानिक र असीमित सम्भावना भएको क्षेत्र हो”, प्रधानमन्त्री दाहालले भने, “यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने व्यापार घाटा कम गर्दै नेपाली मौलिकतालाई विश्वभर प्रचार र विस्तार गर्न सकिन्छ। सरकार यसमा प्रतिबद्ध छ।” निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
“निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन”, उनले भने, “सचिवलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेको छु।” यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा प्रधानमन्त्री दाहालको दाबी छ। “जति काम गर्छु, राम्रो मात्र गर्छु”, उनले भने, “म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।”
निर्वाचनले आफूहरूलाई मिलेर जाने जनमत दिएको उनको भनाइ छ। हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्री दाहालको भनाइ छ।“हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। पाठ्यक्रममै हस्तकला उद्योगका विषय राख्ने माग सकारात्मक छ, म पहल गर्छु”, उनले भने।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
