रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।
काठमाडौँ– बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।
बिहीबार राति रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा बार्सिलोनाले बाजी मार्यो।
४०औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ७७औँ मिनेटमा बेटिसका फिकिरले गोल गर्दै खेल बराबरीमा ल्याए। ९३औँ मिनेटमा अंशु फातीको गोलमा बार्सिलोनाले पुनः अग्रता लिएको थियो। १०१ मिनेटमा मोरोनले बेटिसलाई खेलमा फर्काए।
पेनाल्टी सुटआउटमा बार्सिलोनाका फाती, लेवान्डोवस्की, फ्रयांक केइसी र पेड्रीले गोल गरे। बेटिसका जस र मोरोनले गोल गरे। योआन्मी र कार्भाहालोको प्रहार बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगेनले बचाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
