प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेकाले प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
काठमाडौँ– प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्।
सभामुखमा गौतमको एकल उम्मेदवारी परेको थियो। बिहीबार बसेकाे प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। माओवादी सांसद गौतमको प्रस्तावक एमालेका रेवती रमण भण्डारी र समर्थकमा माओवादीका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा, एकीकृत समाजवादीका कमल जबेगु थिए।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाकाे प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। प्रदेश १ मा उपसभामुखको निर्वाचन भने पुस ३० गते हुने छ।
सत्ता गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
