फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

पीएसजीका लागि पाँचौँ मिनेटमा इकिटिकेले गोल गरे। ७२औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे।

तस्वीर: पीएसजी

काठमाडौँ– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ।

बुधबारराति घरेलु मैदानमा एन्जर्सविरूद्ध पीएसजी २–० ले विजयी भएको हाे। पाँचौँ मिनेटमा इकिटिकेले गोल गर्दै पीएसजीलाई शुरूआती अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।

७२औँ मिनेटमा लियाेनल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे। मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन्। यो जितसँगै पीएसजीले लिगमा ६ अंकको अग्रता बनाएको छ। पीएसजी १८ खेलबाट ४७ अंकसहित शीर्षस्थानमा छ।

समान खेलबाट ४१ अंक बनाएको लेन्स दोस्रो स्थानमा छ।