हिमपात, बाक्लो हुस्सु तथा कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ।
काठमाडौँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ।
जसले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का हिमाली भागमा आंशिकदेखि सामान्य बदली छ। पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।
हिमपात, बाक्लो हुस्सु तथा कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
