हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।
काठमाडौँ– हास्य कलाकार तथा अभिनेता जितु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ। फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए।
“अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्यपि, हामी कथावस्तुमा ठीक छौँ”, नेपालले भने, “हास्य कलाकारको रूपमा स्थापित परिचयलाई बदल्दै कलाकार बन्न चाहन्छु, यसमा मैले आफ्नो कलाकारिता देखाउने अवसर पाएँ।” अभिनेत्री शाहले स्क्रिप्ट पढेपछि अभिनेता नेपालको नाम सुन्दा आश्चर्य लागेको बताइन्।
“मैले जोडी थाहा पाउँदा केही भन्नै सकिन्, तर कथाअनुसार हामीलाई कास्टिङ गरिएको थियो, त्यसैले म फिल्म गर्न तयार भएँ”, शाहले भनिन्, “कथा र पात्रले मलाई फिल्मसँग जोडिन आकर्षित गर्छ।”
उनले अभिनय गरेको यो पहिलो रोमान्टिक कमेडी अर्थात् रमकम फिल्म हो। अभिनेता नेपालले केही फिल्म, टेलिफिल्ममा काम गरे पनि मुख्य भूमिकामा अभिनय गर्नुभएको यो पहिलो फिल्म हो। हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई फिल्ममा देखाइएको निर्देशक डा. कपिल रिजालले बताए।
उनी डा. भोला रिजालको पुत्र हुन्। “केही वर्षको सिकाइ र प्रतीक्षापछि निर्देशनमा पाइला टेकेको छु, म हाम्रो कला र संस्कृतिलाई अन्य भाषामार्फत विश्वभर लैजाने सोचमा छु”, निर्देशक रिजालले भने।
फिल्म नेपालीसहित हिन्दी, बंगाली, पन्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ। बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अन्य कलाकारमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
