बुधबारकाे जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ। गण्डकीको भने यो लगातार दोस्रो हार हो।
काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। आर्मीले २५–११, २५–१० र २५–१५ को सेटमा खेल आफ्नो पक्षमा पार्यो। जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ।
गण्डकीको भने यो लगातार दोस्रो हार हो। समूह ‘ए’ बाट साबिक विजेता न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनल यात्रा तय गरिसकेका छन्। च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन्।
विजेता टोलीले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
