सरोजकुमार यादव मधेशको मुख्यमन्त्री नियुक्त

६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका जसपाका सराेज यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका छन्।

काठमाडौँ– समाजवादी पार्टी (जसपा) सरोजकुमार यादव  मधेशकाे मुख्यमन्त्री नियुक्त भएका छन्।

बुधबार ६३ जना प्रदेशसभाको समर्थनसहित दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरे। मधेश प्रदेशसभामा कुल १०७ सांसद छन्।

यादवलाई एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक र दुई जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन्। मुख्यमन्त्रीको शपथ पुस २९ गते हुनेछ।