तराईमा आज पनि बाक्लो हुस्सु, यातायातसमेत प्रभावित हुनसक्ने

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको  प्रभावले देशका पहाडी भागमा आंशिक बदली रहेको छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बाक्लो हुस्सुका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाको अनुमान छ। त्यसैले यात्रा तथा हिँडडुल गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

दिउँसो पनि सुदूरपश्चिम, कर्णाली र  गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

हिमपात र हुस्सुका कारण हिमालदेखि तराईसम्म चिसो बढेको छ। चिसोबाट बच्ने उपाय अपनाउन महासाखाको अनुरोध छ।