पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।
काठमाडौँ– सार्वजनिक पार्क वा खुला ठाउँमा मानिस हिँडडुल गर्न, टहलिन वा समय काट्न पनि आउँछन्। जुनसुकै उद्देश्यले पनि पार्कमा आउने तिनै व्यक्तिलाई पुस्तक पढ्ने मेसो मिलाउन अनामनगरस्थित पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याइएको छ।
पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा यो पुस्तकालय शुरू गरेका हुन्। करिब तीन दशक पत्रकारितामा बिताएका तिवारीले अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।
तिवारीले आफूसँग रहेका १५० पुस्तक त्यहाँ राखेर खुला पुस्तकालय शुरू गरिएको बताए । “आफूले पढिसकेपछि ती किताब अरूले पनि पढून् भन्ने लाग्यो। सोचविचार गर्दा पार्क नै उपयुक्त ठाउँ हो भन्ने लाग्यो। यसबाट पठन संस्कृतिमा थोरै मात्र भए पनि योगदान गर्ने सोच हो।”
अहिलेलाई आफूसँग भएका किताब र र्याक प्रयोग गरेर हनुमानस्थानको पार्कमा शुरूआत गरेको र अरू ठाउँमा पनि बिस्तार गर्ने योजना रहेको तिवारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
