भूकम्पपछि जापानी मौसम विज्ञान निकाय (जेएमए)ले तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापानी मौसम विज्ञान निकाय (जेएमए)ले तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
स्थानीय समयअनुसार राति ११:१५ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पको तीव्रतासँगै तटीय क्षेत्रमा सुनामीका ठूला छालहरू आउन सक्ने जोखिम बढेको जेएमएले जनाएको छ।
मौसम विज्ञान निकायले होक्काइदो, आओमोरी र इवाते प्रान्तका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ। तटीय क्षेत्रमा तीन मिटरसम्मका छालहरू आउन सक्ने पूर्वानुमान गरिएको छ। स्थानीय प्रशासनले ती क्षेत्रका बासिन्दालाई तत्काल तटीय इलाका छोडेर सुरक्षित र अग्लो स्थानमा जान निर्देशन दिएको छ।
शक्तिशाली भूकम्पको धक्कापछि मियागी र फुकुशिमा प्रान्तहरूमा पनि सुनामीको प्रभाव पर्न सक्ने सम्भावना रहेको भन्दै प्रशासनले विशेष सूचना जारी गरेको छ।
जापानको सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण आओमोरी शहरस्थित हाचिनोहेको एउटा होटलमा केही मानिस घाइते भएका छन्। होटलको संरचनामा क्षति पुग्दा त्यहाँ रहेका पाहुना घाइते भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। भूकम्पको केन्द्रबिन्दु आसपासका अन्य क्षेत्रबाट पनि क्षतिको विवरण आउने क्रम जारी छ।
प्रधानमन्त्री साने ताकाइचीले भूकम्पलगत्तै पत्रकारहरूसँग कुरा गर्दै सरकारले क्षतिको मूल्यांकन गर्न र राहत कार्य अघि बढाउन उच्चस्तरीय आपत्कालीन कार्यदल गठन गरेको जानकारी दिइन्। “हामी मानिसको जीवन बचाउने कार्यलाई सर्वोच्च प्राथमिकतामा राखिरहेका छौँ,” उनले भनिन्।
भूकम्प प्रभावित क्षेत्रमा रहेका आणविक ऊर्जा केन्द्रहरूमा तत्काल सुरक्षा जाँच शुरू गरिएको छ। एनएचकेका अनुसार हालसम्म कुनै पनि आणविक केन्द्रमा चुहावट वा ठूलो प्राविधिक गडबडीको रिपोर्ट आएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
