न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।
काठमाडौँ– नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सोमबार घिमिरेमाथि लागेको अभियोगमा ‘दाबी नपुग्ने’ फैसला गरेको हो।
न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै सर्वोच्च प्रशासनले २०८१ असोजमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
विवादको सुरुवात तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश मात्र सिफारिस गरेपछि भएको थियो। असोज ११ गते काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले नगरकोटमा आयोजना गरेको कार्यक्रममा घिमिरेले उक्त नियुक्ति प्रक्रियामा आर्थिक लेनदेनको आशंका गर्दै टिप्पणी गरेका थिए।
उनले दिएको उक्त अभिव्यक्तिले अदालतको मानहानि भएको निष्कर्ष निकाल्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले असोज १५ गते कारबाहीको प्रतिवेदन तयार पारेका थिए। सोही प्रतिवेदनका आधारमा सर्वोच्च प्रशासनले अवहेलना मुद्दा अघि बढाए पनि सर्वोच्चले घिमिरेको अभिव्यक्तिबाट अवहेलना नहुने ठहर गर्दै उनलाई सफाइ दिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
