थाई सेनाले आफ्नो हवाई आक्रमण क्याम्बोडियाली सैन्य ठेगानाहरूमा मात्र केन्द्रित रहेको र सर्वसाधारणलाई क्षति नपुऱ्याउने प्रयास गरिएको दाबी गरेको छ।
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी मुलुक क्याम्बोडियामा हवाई आक्रमण शुरू गरेको छ। सीमा विवादलाई लिएर दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप जारी राखेका बेला यो नयाँ सैन्य झडप भएको हो। यस झडपमा कम्तीमा एक थाई सैनिकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
यो तनाव गत ग्रीष्म ऋतुमा भएको पाँच दिन लामो भीषण लडाइँको निरन्तरता मानिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका थिए। त्यसपछिको शान्ति सम्झौता लागू भए पनि अक्टोबरमा थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा भएको सम्झौतालाई अवरोध पुर्याएपछि सीमा तनाव पुनः उत्कर्षमा पुगेको हो।
सीमावर्ती क्षेत्रका हजारौँ नागरिक घर छाड्न बाध्य भएका छन्। थाइल्यान्डको सुरिन प्रान्तका किसान वोरथमले भने, “गाउँका प्रमुखले सुरक्षित स्थानमा जान भन्नासाथ म तुरुन्तै विस्थापित हुनुपर्यो। जुलाईमा भएको झडप सम्झँदा अहिले पनि डर लाग्छ।”
थाई सैन्य स्रोतका अनुसार हालसम्म ३५ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। उता, क्याम्बोडियाका अधिकारीहरूले ओडर मियाँचे प्रान्तमा कम्तीमा एक हजार १५७ परिवार सुरक्षित स्थानमा सरेको जानकारी दिएका छन्।
थाई सेनाले आफ्नो हवाई आक्रमण केवल क्याम्बोडियाका सैन्य ठेगानाहरूमा केन्द्रित रहेको र नागरिकलाई असर नगर्ने प्रयास गरिएको दाबी गरेको छ। तर, क्याम्बोडियाले भने आक्रमणबाट केही सर्वसाधारण घाइते भएको र घरहरूमा आगलागी भएको जनाएको छ।
यसैबीच, अमेरिका, चीन र मलेसियाले यसअघि नै झडप रोक्न मध्यस्थताको प्रयास गरेका थिए। मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमले दुवै पक्षलाई शान्ति कायम राख्न र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
