अभियन्ता रामरिझन यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले चन्दा उठाएर पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए।
सिरहा– १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयवासीले चन्दा संकलन अभियान शुरू गरेका छन्।
अभियानका अगुवाहरूले शनिबार कमला पुलमा भेला भई औपचारिक रूपमा अभियानको शुरूआत गरेको सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए। उनले भने, “यहाँ १४ वर्षअघि काम शुरू भए पनि पटक–पटक म्याद थपिँदै आएको छ। विसं २०७८ असार १७ मा आएको बाढीले पुलका दुई पिलर भासिएपछि समस्या झन् बढेको छ। पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको छ।”
अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतीकात्मक आन्दोलन शुरू गरिएको बताए। पटक–पटक सरकारको ढोका ढकढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान शुरू गरेको उनले बताए।
मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ। त्यसैले कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा संकलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको अभियन्ताहरूले जनाएका छन्।
यस अभियानका लागि प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा संकलन, विष्णु महायज्ञबाट संकलित रकम र अभियानलाई प्रशासनमा दर्ता गराएर प्राप्त हुने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्ने योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
