विराटनगर किंग्स सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएलको क्वालिफायरमा प्रवेश गरेको छ।
काठमाडौँ– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।
जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो।
जितसँगै विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ।
सुदूरपश्चिम यसअघि नै क्वालिफायर पुगिसकेको थियो। इलिमिलेटरमा काठमाडौँ र लुम्बिनी खेल्नेछन्।
शनिबारको खेलमा विराटनगरका साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले। साम ५१ र फाफ ५० रनमा आउट भए।
सुदूरपश्चिमका अविनाश बोहराले २ र हर्मित सिंहले १ विकेट हात पारे।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४७ रन बनायो। जसमा आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन जोडे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले २ विकेट हात पारे।
शनिबार ३ः३० बजे चितवन राइनोज र पोखरा एभेञ्जर्स प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
