गण्डकीको हिमाली भूभागमा हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

गण्डकीको हिमाली भूभागमा हिमपातको सम्भावना
फाइल तस्वीर

काठमाडौँ– कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

राति गण्डकीको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

दिउँसो सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।