पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा कैद भुक्तानका क्रममा चिनजान भएका बुद्धिराम दराई पक्राउ परेका छन्।
काठमाडौँ– कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर बीभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार)को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो।
कँडेलको हत्या आरोपमा चितवनको साबिक बछौली गाविस (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। उनले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताए।
यसरी भएको थियो घटना
सीआईबीले सार्वजनिक गरेको घटना विवरणअनुसार २०८१ चैत ३१ गते कँडेलको घरमा बाहिरबाट ताल्चा लागेको र दुर्गन्ध फैलिएको भनी स्थानीयले प्रहरीमा खबर गरेका थिए। सोही सूचनाका आधारमा घरभित्र खानतलासी गर्दा कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको बिस्तारा मुनि त्रिपालले बेरिएको अवस्थामा फेला पर्यो। प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त बीभत्स हत्याको अनुसन्धानका लागि सीआईबीबाट विशेष अनुसन्धान टोली खटिएको बताए।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्छन्, “उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साबिक बछौली गाविस (हाल रत्ननगर–६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो।”
अपराध अभिलेख हेर्दा दराइ २०६७ सालमा गोरखाकी चिनीमाया पाण्डेको हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्। चिनीमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराईले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो।
सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे। त्यहाँ तत्कालीन प्रहरी हवल्दार कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताए। त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन्। उनका अनुसार पछि दराइ कारागारबाट छुटे। उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला गत चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका प्रहरी अनुसन्धानबाट खुलेको छ।
दराइलाई लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास क्रममा ब्युरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
