कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले ६ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका छन्।
जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन्। मधेश प्रदेशका विभिन्न छ वटा राजनीतिक दलको सहमति र समर्थनको आधारमा मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेता यादवले प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णसमक्ष दाबी पेश गरेका हुन्।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहित ६ दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री पदमा नियुक्तिका लागि उनलाई समर्थन गरेको हो। सो समर्थनमा ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेश प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्न तपसिलबमोजिमका दलहरूको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि ६ राजनीतिक दलका तर्फबाट दाबी प्रस्तुत गरिएको पत्रमा जनाइएको छ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको सूचनाबमोजिम नै यादवले प्रदेश प्रमुख कर्णसमक्ष दाबी पत्र बुझाएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
