राप्रपा नेपालका मधेश प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बनमा परेकी छन्।
जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य कञ्चन विच्छालाई निलम्बन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाका अनुसार, राप्रपा नेपालको लिखित पत्रका आधारमा विच्छालाई निलम्बन गरिएको हो।
शुक्रबार प्रकाशित सूचनामा राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेशसभा कार्यसञ्चालनसम्बन्धी नियमावली, २०७५ को नियम १९० र १९१ बमोजिम विच्छालाई निलम्बन गरिएको उल्लेख छ।
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिले विच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको ठहर गर्दै पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको समेत जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
