कांग्रेस र लोसपा दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
धनुषा– मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको हो।
सरकार गठनका लागि सहमति जुटाउन बिहीबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच बैठक बसेको थियो।
जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा भएको बैठकमा सात दलका नेता तथा प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए। मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन्। यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन्।
मधेश प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुँवरकान्त झाले अन्य सबै दलले सरकारको नेतृत्व सम्हालिसकेकाले अब कांग्रेसको दाबी स्वाभाविक भएको बताए। उनले भने, “प्रदेश प्रमुखले आह्वान गर्नुभएपछि अब सातै दल बसेर नेतृत्वको विषयमा टुंगोमा पुग्नेछौँ, कांग्रेसको नेतृत्वमा अब खासै विवाद नहोला।”
लोसपाका सोनलले यसअघि माओवादी केन्द्र र जनमत पार्टीको ‘चलखेल’का कारण आफूले विश्वासको मत पाउन नसकेको भन्दै अब सबै मिलेर पुनः आफूलाई मौका दिनुपर्ने बताएका छन्।
जसपा नेपालका मधेश प्रदेश प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेमा औपचारिक सहमति नभएको बताए। प्रमुख सचेतक यादवले पाँच वर्षमा पाँच जना मुख्यमन्त्री बनाउँदा धेरै नकारात्मक सन्देश जाने भएकाले अब सरकार बनाउँदा सात दल एक हुनुपर्ने धारणा राखे।
लोसपा नेता एवं प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले लोसपा नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेर ढलेका कारण अहिलेको नयाँ कोर्स त्यहीँबाट शुरू हुनुपर्ने बताउँछिन्।
दलहरूबीच सहमति जुट्न नसक्दा बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जानकारी दिए। उनले कांग्रेस र लोसपालाई छुट्टै बसेर सहमति गर्न समय दिएको र आजै अबेर रातिसम्म पुनः सात दलको बैठक बस्ने जानकारी दिए।
प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका थियो। प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेश गर्न समयसीमा निर्धारण गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
