भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोले केही दिनयता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि हजारौँ यात्रु अलपत्र परेका छन्।
भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोले केही दिनयता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त बनेका छन्। ठूलो संख्यामा उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।
कम्पनीले यो अवरोधलाई ‘अप्रत्याशित सञ्चालन चुनौती’ भनेको छ। उनले प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूका लागि नयाँ नियम लगायतका कारणले समस्या आएको उल्लेख गरेको छ।
यता, भारतको उड्डयन निगरानी निकायले घटनाको अनुसन्धानको आदेश दिएको छ। साथै निकायले सोमबारदेखि जारी अवरोधलाई न्यूनीकरणका योजनासहित प्रतिक्रिया दिन इन्डिगोलाई निर्देशन दिएको छ।
उडान अवरुद्ध भएपछि बिहीबार यात्रु तथा उनीहरूका आफन्तले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन्। ‘एक्स’मा यात्रुहरूले आठ घण्टासम्म ढिलाइ हुँदासमेत ‘कुनै कर्मचारी’ सहयोगका लागि नआएको र विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको बताएका छन्।
बुधबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ। तर, कति विमानको उडान डिले भए भन्नेबारे यकिन विवरण स्पष्ट छैन। इन्डिगोले आफ्ना ग्राहकहरूलाई वैकल्पिक यात्रा व्यवस्था र टिकटको शुल्क फिर्ती गरिरहेको जनाएको छ।
कम्पनीले आफ्ना विमानको उडान कार्यक्रममा 'उल्लेख्य रूपमा' अवरोध आउनुमा आंशिक रूपमा नयाँ ‘उडान दलको कार्यतालिका’ नियम सँगसँगै अन्य प्राविधिक कारण जिम्मेवार रहेको उल्लेख गरेको छ। यात्रु सुरक्षा बढाउनका लागि चालक र उडान दललाई बढी आराम दिने लक्ष्य राखिएको यो नियम गत महिनादेखि शुरू भएको थियो।
यो अवरोध समयनिष्ठतामा आफ्नो प्रतिष्ठा बनाएको 'नो–फ्रिल्स' विमान सेवाका लागि अर्को झट्का हो। गत साता एयरबसले विश्वभर ६ हजार विमानको सफ्टवेयर अपग्रेडका लागि अलर्ट जारी गरेपछि इन्डिगोका २०० विमान प्रभावित भएका थिए।
एक दिनमा करिब पाँच लाख यात्रुलाई हवाई सेवा दिने भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भइरहेको उड्डयन बजारहरूमध्ये एक हो। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
