महिला टी२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ।

काठमाडौँ– आईसीसी महिला टी२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी छन्।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण गर्नेछ। बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुनेछ। आगामी पुस २८ देखि माघ १८ गतेसम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इंग्लान्डमा हुने महिला टी२० विश्वकपका लागि छनोट हुनेछन्।

ग्लोबल क्वालिफायरको समूह एमा आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाबे छन्। समूह बीमा नेपालसहित बांग्लादेश, नामिबिया, नेदरल्यान्ड्स र पपुवा न्यूगिनी छन्।