देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– मंसिर १५ देखि फागुन १६ गतेसम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ।
यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णालीका उत्तरी भूभाग र गण्डकीका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिमका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बागमतीका दक्षिणी भूभाग, मधेशका उत्तरी भूभाग र कोशीका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए।
यस्तै, सुदूरपश्चिम र कर्णालीका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेशका दक्षिणी भूभाग र कोशीका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने आकलन छ। विभागका अनुसार गण्डकीका उत्तरी र दक्षिणी भूभाग, बागमतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
कर्णालीका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बागमती र गण्डकीका बाँकी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ छ। सुदूरपश्चिम, कर्णालीका दक्षिण–पश्चिम भूभाग र लुम्बिनीका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।
लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेशमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ।
यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिमका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णालीका मध्य तथा उत्तरी भूभाग, लुम्बिनीका अधिकांश भूभाग, बागमतीका उत्तर–पूर्व र दक्षिण पश्चिम भूभाग, मधेशका अधिकांश भूभाग र कोशीका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
यस्तै, देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
