मलेसियाले ११ वर्षअघि उडानका क्रममा सम्पर्कविहीन भएको आफ्नो जहाजको एकपटक फेरि खोजी कार्य शुरू गर्ने भएको छ। उक्त जहाजमा २२७ यात्रु र १२ चालक दलका सदस्य थिए।
काठमाडाैँ– मलेसियाले ११ वर्षअघि उडानका क्रममा सम्पर्कविहीन भएको आफ्नो जहाजको एकपटक फेरि खोजी कार्य शुरू गर्ने भएको छ।
मलेसियाली अधिकारीहरूले मलेसियाली एअरलाइन्सको उडान एमएच-३७० को भग्नावशेषको खोजी यही डिसेम्बर ३० देखि पुनः शुरू हुने बताएका छन्। मार्च २०१४ मा उडानको क्रममा एमएच-३७० राडारबाट गायब भएको थियो। क्वालालम्पुरबाट बेइजिङको लागि उडेको जहाज कहिल्यै गन्तव्यमा पुगेन। २२७ यात्रु र १२ चालक दलका सदस्य बोकेको उक्त बोइङ ७७७ विमान भियतनामी हवाई क्षेत्रमा प्रवेश गर्न लागेको थियो।
त्यसपछि विमानले अचानक बाटो परिवर्तन गर्यो। सबै विद्युतीय सञ्चार विच्छेद भयो। यो पहिले मलेसियामाथि र त्यसपछि सुदूर दक्षिणी हिन्द महासागरतिर फर्कियो। त्यसपछि विमानको इन्धन सकिएको अनुमान गरिएको थियो।
यो नयाँ ५५ दिने अन्वेषण मार्च २०२५ मा हुने तालिका थियो। तर, खराब मौसमका कारण यसलाई स्थगित गर्नुपर्यो।
स्थानीय सञ्चारमाध्यमका अनुसार, यातायात मन्त्रालयले यो कदमले त्रासदीबाट प्रभावित परिवारहरूलाई जवाफ दिने सरकारको प्रतिबद्धतालाई दर्शाएको बताएको छ।
हालको खोजी अभियान अन्वेषण कम्पनी ओशन इन्फिनिटीको नेतृत्वमा भइरहेको छ। यो खोजी अभियान 'नो फाइन्ड नो फी' अर्थात् भग्नावशेष फेला परेन भने सरकारले उक्त खोजी कार्यको शुल्क नतिर्ने सम्झाैतामा हुन थालेको छ।
मलेसियाली यातायात मन्त्री लोके सिउ फुकले भग्नावशेष फेला परेमा कम्पनीले ७ करोड डलर प्राप्त गर्ने यसअघि नै घोषणा गरिसकेका छन्।
दुर्घटनापछि पनि लामो समयसम्म उक्त जहाजको खोजी भएको थियो तर त्यतिबेला कुनै संकेत फेला परेको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
