सुडानमा रहेको यो मिसनको फोर्स कमान्डर यसअघि सुडानका उपरथी रोबर्ट याव अफ्राम थिए। फोर्स कमान्डरका लागि सैनिक अधिकृतहरूलाई विश्वव्यापी रूपमा खुल्ला प्रतिस्पर्धा गराइन्छ।
काठमाडौँ– नेपाली सेनाका बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेई मिसन (युनिस्फा)का लागि फोर्स कमान्डर नियुक्त भएका छन्। श्रेष्ठलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले फोर्स कमान्डर नियुक्त गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने यसबारे आधिकारिक पत्र भने आई नसकेको बताए। सुडानमा रहेको यो मिसनको फोर्स कमान्डर यसअघि सुडानका उपरथी रोबर्ट याव अफ्राम थिए। फोर्स कमान्डरका लागि विश्वव्यापी रूपमा सैनिक अधिकृतहरूलाई खुल्ला प्रतिस्पर्धा गराइन्छ।
नवनियुक्त फोर्स कमान्डर श्रेष्ठ हाल बलाध्यक्ष रथी हुन्। उनी ३६ वर्षदेखि नेपाली सेनामा कार्यरत छन्। श्रेष्ठले यसअघि राष्ट्रसंघकै दक्षिण सुडानमा अवस्थित शान्ति मिसन (अनमिस)को सेक्टर फोर्स कमान्डरका रूपमा समेत काम गरेका थिए। उनले क्रोएसिया, कंगो, सोमालियामा समेत अन्तर्राष्ट्रिय शान्ति मिसनमा काम गरेका थिए।
सुदूरपश्चिमको पृतनापति भएरसमेत काम गरिसकेका श्रेष्ठले चीनबाट सैनिक विज्ञान र रणनीतिक विषयमा स्नातकोत्तर गरेका छन्। राष्ट्रसंघीय शान्ति मिसनमा खटाउने फौजको संख्याका आधारमा नेपाली सेनाको योगदान पहिलो नम्बरमा छ।
अहिले पनि नेपाली सेनाले संयुक्त राष्ट्र संघमार्फत शान्ति स्थापनार्थ विश्वका १० ठाउँमा आफ्नो फौज खटाएको छ, जहाँ ५ हजार ४४ सैनिक तैनाथ छन्। यसमध्ये ४६५ महिला छन्। शान्ति मिसन संस्थागत र व्यक्तिगत दुवै हिसाबले नेपाली सेनाका लागि आकर्षक आम्दानीको स्रोतसमेत मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
