कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।
काठमाडौँ- नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन्।
देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।
त्यस्तै, कांग्रेस सांसद रामहरि खतिवडाले पदाधिकारी बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेको बताए। उनले भने, "सभापतिज्यूले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ तर यसबारे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउने छ।"
कार्य सम्पादन समितिको बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ।
सोमबार मात्रै प्रधानमन्त्री प्रचण्ड देउवासँग विश्वासको मत माग्न उनको निवास धुम्बाराही पुगेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
