प्रधानमन्त्रीलाई विश्वासको मत दिने र प्रतिपक्षमा बस्ने एकीकृत समाजवादीको निर्णय

सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर, प्रतिपक्षमा बस्ने निर्णय गरेको  एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

“सरकारलाई सर्तसहित समर्थन गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेका छौँ”, खतिवडाले उकालोसँग भने। प्रधानमन्त्री दाहालले मंगलबार संसदमा विश्वासको मत लिँदै छन्।