यस्तो छ आजको माैसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।

जसका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो यी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।