प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ।
विराटनगर– 'जेनजी आन्दोलन'का क्रममा भदौ २४ गते सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुर्व्यवहारको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, पक्राउ पर्नेहरूमा इटहरी–३ का २९ वर्षीय विजय लिम्बू, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्र कुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङका ४७ वर्षीय मदन खत्री रहेका छन्।
प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ। पक्राउ परेकालाई 'अपराधिक उपद्रव गर्न नहुने' कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
आगलागी, तोडफोड र प्रहरीको हातहतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यस्ता घटनाका थप फोटो वा भिडियो उपलब्ध गराएमा अनुसन्धानमा महत्त्वपूर्ण सहयोग हुने भन्दै सर्वसाधारणलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। प्रहरीले सूचनादाताको नाम गोप्य राखिने पनि जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
