मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।
मुस्ताङ– मुस्ताङमा यस वर्ष ६२ करोड ८२ लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार, चालु आर्थिक वर्षमा यहाँका पाँच स्थानीय तहको ४७८ हेक्टर क्षेत्रमा ९ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुखेती गरिएको क्षेत्रफल विस्तार भएको छ। आलु उत्पादन पनि ११ करोड ८४ लाख ७५ हजार रुपैयाँले बढेको छ।
माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्यांक संकलन गरी औसत उत्पादनको मापन गरिएको छ।
मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ। पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो। घरायसी प्रयोजन र होटल रेस्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए। जिल्लामा स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ।
हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ। मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ। कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
