सरकारले सुमनराज अर्याललाई नेपालको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
काठमाडौँ— सरकारले सुमनराज अर्याललाई नेपालको मुख्यसचिव पदमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्ले उनको स्थानमा अर्याललाई नियुक्त गरेको हो। वरीयताको आधारमा सबैभन्दा बलियो मानिएका अर्याल वरिष्ठतम सचिवमध्येमा पर्थे।
उनले रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुखसचिव समेत भइसकेका अनुभवी व्यक्ति हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
